पोखरामा पर्यटकलाई हनि ट्रयापमा पारी लुटपाट गर्ने ५ जना प्रकाउ
पाेखरा | पुस ४, २०८०
पोखरा: पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई हनि ट्रयापमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना महिलासहित ५ जनालाई प्रकाउ गरेको छ ।
बसपार्क क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई विभिन्न प्रलोभनमा देखाई हनि ट्रयापमा पारेर लुटपाट तथा पकेटमार गरी दुःख दिने कार्यमा संलग्न भएको आरोपमा पृथ्वीचोक बसपार्कबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई हिजो (मंगलबार) प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन स्थायी घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, पोखरा ९ बस्ने १९ वर्षीय मन्जु नेपाली, पोखरा ९ बस्ने १९ वर्षीय सम्झना परियार र लमजुङ स्थायी घर भई पोखरा ९ बस्ने योगेश गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
उनीहरुले पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई महिलाहरुको प्रयोग गेर घुमफिर गर्न आउने पुरुष व्यक्तिहरुलाई होटल मिलाई दिने बहानामा विभिन्न प्रलोभनमा पारेर एकान्त ठाउँमा लगि पैसा तथा मोबाइल फोन लुटपाटमा संलग्न भएको पाइएपछि प्रकाउ गरेको बैदाम प्रहरीले जनाएको छ ।
प्रकाउ परेका पाँचै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्धामा आज जिल्ल प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

